ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि शुक्रबारदेखि बन्द

515

गलकोट । ताराखोला गाउँपालिकामा भोलिदेखि अत्यावश्यक बाहेकका गाउँपालिकावाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।

ताराखोला गाउँपालिकामा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भोलिदेखि २३ गतेसम्म ६ दिनका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको ताराखोला गाउँपालिकाका प्रशासकीय अधिकृत राम प्रसाद कँडेलले जानकारी दिए ।

ताराखोला गाउँपालिकामा कार्यरत २९, ३१, ३० वर्षीयय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाँउपालिकाले ६ दिनका लागि अत्यावश्यक बाहेका सेवाहरु बन्द गर्ने निणर्य गरेको अधिकृत शर्माले जानकारी दिए ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरुको ताराखोला गाउँपालिकाको कोभिड अस्पतालमा एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...