क्रिकेट रंगशालाबारे उपप्रधानमन्त्री पोखरेलको चासो, भावुक हुँदै धुर्मुसले भने–बल्ल सरकार छ भन्ने महशुस भयो

523

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशालाका विषयमा चासो लिएका छन् ।

क्रिकेट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवम् धुर्मस–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई आज सिंहदरबारस्थित आफ्नै कक्षमा भेट्दै उपप्रधानमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गरेका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले प्रेरणादायी, प्रशंसनीय कार्य गरेको भन्दै धुर्मस–सुन्तली फाउन्डेसनको प्रशंसा गरे । “अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जबाफ कामले दिनुपर्छ,” उनले भने ।

उपप्रधानमन्त्री पोखरेलले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने बताए ।

उपप्रधानमन्त्रीले भेट्न बोलाएर रंगशालाको बारेमा चासो लिएपछि धुर्मस निकै भावुक बनेका थिए । आफू राज्यलाई सघाउने अभियन्ता भएको भन्दै धुर्मुसले टुहुरो जस्तो भएको बेला आफैँले बोलाएर चासो लिएकोमा उपप्रधानमन्त्रीलाई धन्यवाद दिए । “बल्ल सरकार छ, राज्य छ भन्ने महशुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामीले निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रोएका छौँ” उनले उपप्रधानमन्त्री पोखरेललाई भने ।

अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोडभन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको जानकारी दिए । रकमको जोहो भए ६ महिनादेखि एक वर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उनले बताए । “हाम्रो कुनै स्वार्थ छैन्, विशुद्ध कलाकार हो । जे गरेका हौँ, राष्ट्रका लागि गरेका हौँ । अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौँ । सहयोगी मनहरुको सदभावले अगाडि बढ्न धेरै ठूलो उर्जा लिइरहेको छ । त्यसैले कोरोनाको विषम् परिस्थितिमा पनि काम रोकिएको छैन् ,” धुर्मुसले भने ।

Share This:
सम्बन्धित खबर
Loading...