निषेधाज्ञामा पनि उपत्यकाको पेट्रोल पम्प खुला हुने

477

काठमाडौं । निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौं उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहेका छन् ।

निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहेको नेपाल आयल निगमले जनाएको छ ।

उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित बागमती प्रादेशिक कार्यालय खुला रहेको पनि निमगका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बिहीबारदेखि नै लागु हुने गरी कोरोना सङ्क्रमण रोक्न भन्दै निषेधाज्ञाको घोषणा गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...