प्रदेश १ मा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु

536

काठमाडौं । प्रदेश नम्बर १ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घन्टामा ५ जनाको अस्पतालमा र एकको होम आइसोलेसनमा गरी ६ जनाको मृत्यु भएको छ ।

विराट मेडिकल कलेजमा सुनसरीको इटहरी–४ की ६२ वर्षीया महिलाको बुधबार राति १०ः४० बजे मृत्यु भएको अस्पतालका इञ्चार्ज सुनिल देवले जानकारी दिए ।

झापा अर्जुनधारा–६ का ३५ वर्षीय पुरुषको कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनी कोरोना पुष्टि भएपछि वैशाख ४ गते अस्पताल भर्ना भएका थिए ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानमा २ जनाको मृत्यु भएको छ । अस्पतालका सह–प्रवक्ता चुरामणि पोखरेलका अनुसार सप्तरीका २४ वर्षीय पुरुष र धनुषाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

नेबेल मेडिकल कलेजमा सिरहा गोलबजार–१२ का ४८ वर्षीय पुरुषको ज्यान गएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार बुधबार राति १२ बजे संक्रमितको मृत्यु भएको हो ।

कोरोना संक्रमणका कारण सुनसरीको इनरुवा नगरपालिका–३ की ८४ वर्षीया वृद्धाको मृत्यु भएको छ । वडाका अध्यक्ष कालुराम गुरुङका अनुसार बुधबार राति ८४ वर्षीया वृद्धाको घरमै मृत्यु भएको हो । मृतक वृद्धाको परिवारका ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...