आइपिएल २०२१ : हैदरावादलाई पराजित गर्दै चेन्नइ शीर्ष स्थानमा

1,015

काठमाडौं । चेन्नइ सुपर किङ्स १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा पुनः उक्लिएको छ ।

बुधबार सम्पन्न खेलमा सनराइजर्स हैदरावादमाथि चेन्नइ ७ विकेटले विजयी भएको हो ।

हैदरावादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नइले १८.३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नइको जितमा रितुराज गयकवाड र फाफ डु प्लेसिसले पहिलो विकेटका लागि १ सय २९ रनको शतकीय साझेदारी गर्दै सहज जित सम्भव भयो ।

गयकवाडे ४४ बलमा ७५ र प्लेसिसले ५८ रनको योगदान गरे । यस्तै, सुरेश रैनाले नटआउट १७ तथा मोइन अलीले १५ रन बनाए ।

यसअघि, दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा १ सय ७१ रन बनाएको थियो ।

हैदरावादका मनिष पाण्डेले ६१, डेविड वार्नरले ५७ तथा केन विलियम्सनले २६ रन बनाएका थिए ।

जितसँगै चेन्नइ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ६ खेलबाट चेन्नइको १० अंक छ । समान १० अंक भएपनि बैंगलोर दोस्रो, दिल्ली तेस्रो र मुम्बइ चौथो स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...