मुख्यमन्त्री पौडेलद्वारा मन्त्रिपरिषद् विस्तार, आजै सपथ ग्रहण

570

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेका उनी निकट स्रोतले जानकारी दिएको छ ।

नव नियुक्त मन्त्रीले आज दिउँसाे ४ बजे पद तथा गोपनीयतको सपथ लिने भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...