गण्डकी प्रदेशसभाका ३ जना सांसदलाई कोरोना संक्रमण, मतदान भने गर्न पाउने

206

पोखरा । गण्डकी प्रदेशसभाका ३ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये नेकपा (एमाले) २ र नेपाली कांग्रेसका १ जना सांसद छन् ।

सांसदहरू राजीव पहारी, प्रभा कोइरला र मनकुमारी गुरुङलाई कोरोना संक्रमण भएको हो ।

मंगलबारको प्रदेशसभा बैठकमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै सत्तारूढ दल एमालेले पिसिआर परीक्षणको माग गर्दै बैठक अवरुद्ध गरेका थिए । मंगलबार नै सबै प्रदेशसभा सदस्यको स्वाब संकलन गरिएको थियो ।

कोरोना पोजेटिभ देखिएका सांसदले सदनमा बोल्न नपाउने तर अविश्वासको प्रस्तावमा मत हाल्न पाउने गरी कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ ।

आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जबाफ दिने कार्यसूची तय भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...