प्रदेश १ मा मंगलबार थपिए १८८ संक्रमित

336

विराटनगर । प्रदेश नम्बर १ मा मंगलबार १८८ जना कोरोना संक्रमित थपिएका छन् । ७७४ जनामा गरिएको नमुना परीक्षणको नतिजामा ११७ पुरुष र ७१ महिलागरी १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज थपिएकामा मोरङका ८३, सुनसरीका ४०, झापाका २५, धनकुटाका ५, उदयपुर र इलामका ४–४, भोजपुर, खोटाङ, सङ्खुवासभा र ताप्लेजुङका १–१ र प्रदेश १ बाहिरका २३ जना रहेका छन् ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ८३४ पुगेको छ ।

संक्रमित भएकामध्ये २९ हजार ९७७ जना कोरोनामुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३७३ रहेका छन् ।

प्रदेश १ मा आज ७७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७१ महिला र ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...