ओखलढुंगाको दुई जंगलमा २४ घन्टादेखि आगलागी, तीन घर जलेर नष्ट

393

ओखलढुंगा । जंगलबाट सल्केको आगो गाउँ पस्दा ओखलढुंगामा तीन घर जलेर नष्ट भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–१ कुन्तादेवीस्थित कुन्तादेबी सामुदायिक बनबाट सल्केको आगो गाउँमा पस्दा डुलडुले बस्तीको तीनघर जलेर नष्ट भएको हो ।

सोमबार बेलुका जंगलबाट सल्केको आगो गाउँमा पस्दा स्थानीय नीर बहादुर प्रधान, मणिकुमार प्रधान र पेशल प्रधानको घर जलेर नष्ट भएको घटनास्थलबाट स्थानीय माधव कार्कीले जनकारी दिए । सोमबार बेलुकाबाट जंगलमा अचानक लागेको आगो बस्तीमा पसको हो । आगालागीबाट अन्य २ घरसमेत उच्च जोखिममा रहेको स्थानिय कार्कीको भनाइ छ ।

गत २४ घन्टादेखि निरन्तर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेनासहितको टोली परिचालित छन् । मंगलबार नगरपालिकाको दमकल समेत आगो नियन्त्रणमा लागि पुगेको कार्कीको भनाइ छ । आगो ठूलो मात्रामा फैलिएकाले नियन्त्रणमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

यता मानेभञ्ज्यङ गाउँपालिका–६ स्थित थाक्ले सामुदायिक वनमा भएको आगोलागी अझै नियन्त्रणमा आउन सकेको छैन । सोमबार दिउँसोदेखि जंगलमा आगालागी हुँदा सयौँ हेक्टर वनक्षेत्र जलेर नष्ट भएको छ ।

यी दुवै स्थानमा भएको आगोलागी नियन्त्रणका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले बताए । थाक्लेको सामुदायिक वनमा लागेको आगोले बस्तीलाई जोखिम नभएपनि कुन्तादेवीमा लागेको आगोले नजिकै रहेको बस्ती नै जोखिममा रहेको कट्टेलको भनाइ छ ।

हाल जोखियुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । आगोलाई थप फैलन नदिन तथा थप क्षति हुनबाट जोगाउन जंगलमा अग्नी रेखा बनाउने तथा नियन्त्रणको प्रयासहरु भइरहको प्रहरी निरिक्षक कट्टेलको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...