अछाममा एकै विद्यालयमा अध्ययनरत १६ विद्यार्थी कोरोना संक्रमित

616

अछाम । अछाममा एकै विद्यालयमा पढ्ने १६ जना विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

अछाम बान्नीगढी जयगढ गाउँपालिका–६ कालिकामा रहेको नन्दा माध्यमिक विद्यालयका १६ जना विद्यार्थीमा कोभिड–१९ देखिएको हो ।

सो विद्यालयका २५ विद्यार्थीमा सोमबार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १० छात्र र ६ छात्रामा कोरोना पाजेटिभ पाइएको हो ।

गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बसन्त बहादुर रावलले विद्यालयका १० शिक्षकको पनि स्वाब लिइएको जनाकारी दिए ।

एक सातादेखि विद्यार्थीमा टाउको दुख्ने, खोकी लाग्ने र ज्वरो आउने जस्ता समस्या देखिएको थियो । संक्रमण पाइएका सबै विद्यार्थी होम आइसोलेसनमा छन् ।

विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि विद्यालय बन्द गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...