धरानमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

496

धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । सोमबार एकैदिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो ।

विराटनगर१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रबक्ता डा. चूडामणि पोखरेलले जानकारी दिए ।

डा.पोखरेलका अनुसार यसअघि धनुषा जनकपुरधाम ८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनलाई यही वैशाख ९ गते अस्पताल भर्ना गरिएको थियो ।

हालसम्म बिपी प्रतिष्ठानमा १२५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...