गण्डकीमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

341

गण्डकी । गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार कास्कीका २ र स्याङ्जा तथा म्याग्दीका १–१ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुष, पोखरा महानगरपालिका–१ की ५५ वर्षीय महिला, स्याङ्जाको वालिङ नगरपालिका–१२ का ५८ वर्षीय पुरुष र म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको सोमबार निधन भएको जनाइएको छ ।

हाल गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...