वीरगञ्जमा उपचाररत संक्रमित पुरुषको मृत्यु

629

वीरगञ्ज । पर्साको वीरगञ्जमा सोमबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–६ आदर्शनगरका ६० वर्षीय पुरुषको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

निमोनियाबाट ग्रसित ती पुरुषको वैशाख २ गते पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या आएपछि संक्रमित पुरुषलाई वैशाख ३ गते उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

नारायणी अस्पतालका कोभिड–१९ संयोजक डा.सरोजरोशन दासका अनुसार वैशाख ३ गतेदेखि अस्पतालमै उपचार गराइरहेका संक्रमित पुरुषको सोमबार बिहान साढे ९ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...