बाँकेमा सोमबार रातिदेखि २० गतेसम्म जिल्लाभर लकडाउन

854

बाँके । भोली (सोमबार) देखि बाँके जिल्लाभर लकडाउन हुने भएको छ ।

नेपागञ्ज उपमहानगरपालिकामा वैशाख ९ गतेदेखि लकडाउन लागु भएकोमा सोमबारदेखि जिल्लाभर बन्दाबन्दी गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार राति १२ बजेदेखि आउँदो वैशाख २० गतेसम्म बन्दाबन्दी गर्न लागिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको निर्णय पालना गर्न आग्रह गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...