कोरोना संक्रमणबाट बाँकेमा हालसम्म १८० को मृत्यु

266

बाँके । कोरोना संक्रमणबाट बाँकेमा अहिलेसम्म १ सय ८० जनाको मृत्यु भएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु भएको छ । बाँके अस्पतालमा उपचाररत ५ महिला र ३ पुरुष गरी ८ जनाको मृत्यु भएको हो ।

बाँकेमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १ सय ८० जनाको मृत्यु भएको छ । जसमध्ये जिल्लाका ८० जना र जिल्ला बाहिरका १ सय जना छन् ।

अहिलेसम्म मृत्यु हुनेमा बाँकेका ३३ महिला र ४७ पुरुष रहेका छन् भने बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएका २५ महिला र ७५ पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्कले देखाएको छ ।

बाँकेमा हाल २ हजार १ सय २८ सक्रिय संक्रमित छन् । जसमध्ये ७ जनाको भेन्टिलेटरान उपचार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...