कोसी अस्पतालमा उपचाररत संक्रमित पुरुषको मृत्यु

346

विराटनगर । कोरोना भाइरस संक्रमणबाट विराट नगर स्थित कोसी कोभिड–१९ उपचार केन्द्रमा एक पुरुषको मृत्यु  भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–६ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको कोभिड उपचार केन्द्रले जनाएको छ ।

सास फेर्न सम्स्या आएको र पिसिआर टेष्ट गर्दा पोजेटिभ देखिएपछि वैशाख ३ गते उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

दीर्घरोग ‘सुगर’ रहेका उनलाई ज्वरो रुघाखोकीले समेत सताएको थियो । अक्सिजनको मात्र कम भएको कारण उपचारकै क्रममा मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...