कोरोना संक्रमणबाट कांग्रेस नगर सभापतिको मृत्यु

601

फुङ्लिङ । कोरोना संक्रमणबाट फुङ्लिङ नगर सभापति शिव कुमार गुरुङको मृत्यु भएको छ ।

निमोनिया भएपछि उपचारका क्रममा शुक्रबार बिहान ९ बजे विएन्डसी हस्पिटल विर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।

पिसिआर परीक्षणमा ढिलाइ हुँदा संक्रमितको मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...