भारतबाट फर्किएका ६२ जनामा कोरोना संक्रमण पुष्टि

451

धनगढी । गौरीफन्टा नाका भएर बिहीबार भारतबाट फर्किएका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शंकास्पद ४ सय १८ जनाको एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गौरीफन्टा नजाकाबाट हालसम्म आएकामध्ये १० हजार ४ सय १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।

सो नाकामा गरिएको परीक्षणमा मात्रै संक्रमण पुष्टि हुनेको संख्या १ हजार १२ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...