स्पष्टीकरण सोधिएका सांसदहरुले फर्काउन थाले जबाफ

248

काठमाडौं । नेकपा एमालेले सोधेको स्पष्टीकरणको सांसदहरुले जबाफ दिन सुरु गरेका छन् ।

एमाले संसदीय दलमा मुख्य सचेतक विशाल भट्टराईका अनुसार दाङका सांसद हिराचन्द्र केसीले स्पष्टीकरणको जबाफ पठाएका छन् । “अन्य सासद्हरुले पनि भोलिसम्ममा जबाफ पठाउने जानकारी दिनुभएको छ ।” भट्टराईले भने ।

मुख्य सचेतक भट्टराईका अनुसार केसीले आफू पार्टीविरुद्ध कुनैपनि गतिविधिमा संलग्न नभएको स्पष्टीकरण दिएका छन् । उनले पार्टीको ह्विप उल्लङ्घन नगर्ने, संस्थापनको पक्षमा नै उभिने उल्लेख गरेका छन् ।

केसी दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

एमालेले संघीय तथा कर्णाली प्रदेशसभाका ३२ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...