आइपिएल २०२१ : हैदरावादको पहिलो जित, पञ्जाब ९ विकेटले पराजित

356

काठमाडौं । सनराइजर्स हैदरावादले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा पहिलो जित हासिल गरेको छ ।

बुधबारको पहिलो खेलमा पञ्जाब किङ्सलाई ९ विकेटको फराकिलो जित हात पार्दै चौथो खेलमा पहिलो जित दर्ता गरेको हो ।

पञ्जाबले दिएको १ सय २१ रनको सामान्य लक्ष्य हैदरावादले १८.४ ओभरमा १ विकेट गुमाउँदै भेट्टाएको थियो ।

हैदरावादका जोनी बेइस्ट्रोले ६३ र केन विलियम्सनले १६ रनको नटआउट पारी खेले । यस्तै, डेविड वार्नरले ३७ रन जोडे ।

चेन्नइमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले २ बल बाँकी रहँदा अलआउट हुँदै १ सय २० रन बनाएको थियो ।

पञ्जाबका मयंक अग्रवाल र शाहरुख खानले समान २२–२२, क्रिस गेलले १५, मोजेस हेनरिक्सले १४ तथा दीपक हूडाले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले उल्लेखीय रन बनाउन सकेन ।

पञ्जाबलाई सस्तैमा समेट्ने क्रममा हैदरावादका खलिल अहमदले ३, अभिषेक शर्माले २ तथा भुवनेश्वर कुमार, राशिद खान र सिद्धार्थ कौलले समान एक–एक विकेट हात पारे ।

पहिलो जित हात पारेको हैदरावाद २ अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने पञ्जाब पुछारमा झरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...