कुशल चम्कदा नेपालको सहज जित, मलेसिया ९ विकेटले पराजित

436

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको घरेलु टोली नेपालले १२.१ ओभरमा १ विकेटकाे क्षतिमा भेट्टायो ।

नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १ सय २ रनको साझेदारी गरे । शेख ४२ रनमा आउट भए । भुर्तेलले ४१ बलमा ५ छक्का र ३ चाैकासहित ६१ रनको नटआउट पारी खेले ।

मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका भुर्तेल टी–२० मा लगातार दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

यसअघि, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको मलेसियाले १६.५ ओभरमा १ सय ९ रन मात्र बनाउन सक्यो ।

राम्रो सुरुवात गरेको मलेसियाका सायद आजिजले २७, शर्विन मुनिआन्डी २० तथा सफिक सरिफले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसीले ३, सन्दीप लामिछानेले २ तथा दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल र शाहाब आलमले एक–एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...