यी हुन् वैशाख मसान्तसम्म विद्यालय बन्द हुने सहरहरु [सूचीसहित]

1,072

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम बढेपछि एक महिनासम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बालबालिकामा कोरोना संक्रमणको जोखम बढेको भन्दै उच्च जोखिम रहेका जिल्लामा पठनपाठन बन्द गरी अनलाइन माध्यमबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णणयअनुसार काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, हेटौंडा, काँकडभिट्टा, विर्तामोड, दमक, विराटनगर, इटहरी, धरानका सरकारी तथा निजी विद्यालय बन्द हुनेछन् ।

यस्तै, वीरगञ्ज, जनकपुर, राजविराज, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज, धनगढी, भीमदत्त नगरमा पनि विद्यालय बन्द हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...