त्रिदेशीय टी–२० सिरिज : नेदरल्यान्ड्सको पहिलो जित, मलेसिया १५ रनले पराजित

325

काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय टी–२० क्रिकेट अन्तर्गत आजको खेलमा नेदरल्यान्ड्स विजयी भएको छ ।

आइतबार भएको खेलमा मलेसियालाई १५ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सका म्याक्स ओडवूडले अविजित १ सय ३३ रनको शतकीय पारी खेलेपछि २ विकेटको क्षतिमा १ सय ९१ रनको विशाल योगफल बनाएको थियो ।

यस्तै, स्कट एड्वार्डले ३१ तथा बेन कोपरले २० रनको पारी खेले ।

१ सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७६ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेको मलेसियाका भिरन्दीप सिंहले ८७, शर्विन मुनिआन्डीले २८ तथा अमिनउद्दिन रम्लीले २६ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

नेदरल्यान्डका आर्यन दत्त र बास डि लिड र सेबस्टियान ब्राटले समान २–२ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत सोमबार नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...