आइपिएल २०२१ : हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बइ शीर्ष स्थानमा

277

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ ।

शनिबार राति सम्पन्न खेलमा मुम्बइले सन राइजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो ।

मुथैया अन्नामलाई चिदम्बरम स्टेडियम चेन्नइमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा १ सय ५० रन बनाएको थियो ।

मुम्बइका क्वुइन्टन डि कोकले ४०, किरोन पोलार्डले ३५, रोहित शर्माले ३२, इशान किसनले १२ तथा सूर्य कुमार यादवले १० रनको योगदान दिए ।

१ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरवादले २ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।

हैदरावादका जोनी बेइस्ट्रोले ४३, डेविड वार्नरले ३६, विजय शंकरले २८ रनको पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

हैदरावादलाई सस्तैमा समेट्ने क्रममा मुम्बइका राहुल चहर र ट्रेन्ट बोल्टले समान ३-३ तथा जसप्रित बुम्राह र क्रुणाल पाण्ड्याले एक-एक विकेट लिए ।

जितसँगै मुम्बइ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बइको ३ खेलबाट ४ अंक छ । यस्तै, पराजित हैदरावादले अहिलेसम्म अंक जोड्न सकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...