काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । उनले तहसनहस भएको अर्थतन्त्र उठ्न लागेको भन्दै अहिलेकै अवस्थामा फेरि लकडाउन नगर्ने बताए ।
संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रावतले सरकारले पहिलो पटक लकडाउन गर्दा रोगले भन्दा भोकले मर्ने भयौँ भन्दै मानिसहरु सडकमा आएको पनि सरकारले नभुलेको बताए । कोरोनाको नयाँ प्रजातिलाई नियन्त्रणको लागि मन्त्रालयले लागि परेको बताए । कोरोनाको नयाँ प्रजातिसँग जुध्न सक्ने जनशक्ति मन्त्रालयसँग दश जनशक्ति रहेको जानकारी दिए ।
केन्द्रदेखि स्थानीयसम्म स्वास्थ्य मन्त्रालयको युनिटमार्फत स्वास्थ्यकर्मीहरु नागरिकको सुरक्षाको लागि रातदिन खटिरहेको बताए । विज्ञहरुको सुझावसहित नयाँ प्रजातिसँग लड्ने रणनीति बनाएर अगाडि बढेको बताउँदै स्वास्थ्य मापदण्ड पालना गरेर सहयोग गर्न आग्रह गरे । “नयाँ प्रजातिको कोरोना फैलिएसँगै मन्त्रालयले १४ जिल्लालाई अतिप्रभावित घोषणा गरेका छौँ। बालबालिकाको सुरक्षाको लागि विद्यालय बन्द गरेर अनलाइन कक्षा संचालन गर्न आग्रह गरेका छौँ। बढी भिडभाड हुने स्थानमा अनिवार्यरुपमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छौँ” मन्त्री रावतले भने । स्वास्थ्य मापदण्ड पालना नै कोरोनाको उपचार भएको बताउँदै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे ।
उत्पादन गर्ने कम्पनीका कारण कोरोना खोप समयमै आउन नसकेको बताए । नेपाललाई कोभिशिल्डसहित २६ प्रतिशत सहयोग हुने र बाँकी सरकारले खरिद गरी सबै नागरिकलाई खोप लगाउने मन्त्री रावतले बताए ।
विद्यालय कोरोना फैलिने माध्यम नबनुन् भनेर विद्यालय बन्द गरेर अनलाइन कक्षा संचालन गर्न मन्त्रालयले निर्णय गरेर आग्रह गरेको जानकारी समेत मन्त्री रावतले दिए ।
मन्त्रीले रावतले सवारी साधान जोरबिजोर पनि नचलाउने जानकारी दिए । “हामीले जोरबिजोर सवारी साधान लगाउँदा भाडा त दोब्बर लिए तर स्वास्थ्य मापदण्ड पालन भएन । झन् भिडभाड भयो । अब फेरि त्यो कमजोरी दोहोर्याउँदैनौँ तर नागरिक आफैँ सचेत हुनुपर्छ” मन्त्री रावतले भने । उनले भारतबाट आउने नागरिकको स्वास्थ्य जाँचको लागि सीमामा हेल्थडेस्क राखिएको जानकारी समेत दिए ।