काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिलमार्फत् राजस्व ठगीको मुद्दामा भाटभटेनी मार्केट एन्ड डिपार्डमेन्टल स्टोरको संशोधित कर निर्धारण गर्ने निर्णयसहित फाइल पेस गर्न राजस्व विभागलाई आदेश गरेको छ ।
बिहीबार न्यायाधीशहरु तेज बहादुर केसी, सुस्मालता माथेमा र हरिप्रसाद फुयाँलको इजलासले दोस्रो सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो ।
२०७६ पुस २६ गते नक्कली भ्याट बिल प्रकरणमा लगातार पाँच वर्षसम सुनुवाइ गर्दै भाटभटेनीलाई दोषी ठहर गरेको थियो ।
सर्वोच्चले फैसलाको पूर्णपाठ तयार गरेलतत्तै २०७७ फागुन ३ गते भाटभटेनीले पुनरावेदन मुद्दा दर्ता गरेको थियो । उक्त पुनरावेदनमा पहिलो सुनुवाइ गर्नै सर्वोच्चले फागुन १२ गते मिसिल झिकाउने आदेश गर्दै मुद्दाको सुरुवात गरेको थियो ।
मूल्य अभिवृद्धि कर र आयकरमा भएको कर निर्धारण गैरकानुनी भएको जिकिर गर्दै नक्कली भ्याट बिल प्रकरणमा आफूलाई दोषी ठहर गर्ने फैसला त्रुटिपूर्ण भएको जिकिर भाटभटेनीले गरेको थियो ।