नेपालगञ्जमा उपचाररत कोरोना संक्रमितको मृत्यु

421

नेपालगञ्ज । भारतीय सिमानासँग जोडिएको बाँकेमा कोरोना महामारीको दर दिनहुँ बढ्दै गइरहेको छ । यसैक्रममा नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

खजुरा–२ का ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुने क्रम फेरि सुरु भएको छ । उपचाररत कोरोना संक्रमितको मृत्यु हरेक दिन भैरहेको छ ।

फोकल पर्सन ओलीका अनुसार बुधबार रातिसम्म बाँकेमा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६२ महिला र ६१ पुरुष रहेको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...