बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु भएको छ ।
पर्वत पैयुँ–५ का ३८ वर्षीय पुरुषको बुधबार उपचारको क्रममा मृत्यु भएको हो । उनी हालै भारतबाट घर फर्केका थिए ।
१० दिनदेखि उच्च ज्वरो अएपनि उनको ५ दिनअघि मात्र स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
चैत २९ गते अस्पतालमा भर्ना भएका उनको बुधबार साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।
रुपन्देहीमा अहिलेसम्म कोरोना संक्रमणबाट १ सय ५७ जनाको मृत्यु भएको छ ।