काठमाडौं । चाबहिल चुच्चेपार्टीमा रहेको लुम्बिनी कलेजले स्नातकोत्तरका विद्यार्थीहरुका लागि स्वागत तथा बधाई कार्यक्रम कमलपोखरीमा अवस्थित काजी दरबारको सभाहलमा सम्पन्न गरेको छ ।
स्वागत तथा बधाई कार्यक्रममा कलेज प्रशासनको प्रतिनिधि र विभिन्न संघसंस्था बुद्धिजिवी, लुम्बिनी कलेजले स्नातकोत्तरमा भर्ना भएका विद्यार्थीहरु एवम् पत्रकारहरु उपस्थिति रहेको थियो ।
कार्यक्रममा विशेष अतिथिहरुमा चर्चित गायिका रचना रिमाल र वाइल्ड रिपर्ज डान्स क्रुका सदस्य र डान्स इन्डिया डान्सको साविक विजेता सुशान तामाङको उपस्थिति रहेको थियो । दुवै अतिथिहरु आ–आफनो दमदार प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा युवा हास्यकलाकारको जोडी गणेश राई र विश्नजीत देउजाको विविध हास्यमूलक प्रस्तुतिले कार्यक्रमको माहोल तातिएको थियो ।
विगत केही वर्षदेखि चाबहिलमा सञ्चालित लुम्बिनी कलेजले विद्यार्थीहरुलाई न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको अतिरिक्त क्रियाकलापको विभागीय प्रमुख विनोद क्षेत्रीले जानकारी दिए ।
उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्यका साथ स्वागत तथा बधाई कलेजका प्रिन्सिपल रविनचन्द्र कोइरालाले दिएका थिए ।