सिल्क प्लास्टर : सजाउनुहोस् घरका भित्ता

257

काठमाडौं । हिजोआज मानिसहरू आफ्नो घरलाई नयाँ सोच र प्रविधिअनुरूप सजाउन चाहन्छन् । जोसुकैले घरको बाह्य तथा आन्तरिक सज्जामा नयाँपन दिइरहेको देख्न सकिन्छ । यसका लागि बजारमा विभिन्न किसमका आधुनिक सामाग्री भित्रिरहेका छन् । यसैक्रममा घरको भित्तालाई आकर्षक बनाउनको लागि अब तपाईँले प्रयोग गर्न सक्नुहुन्छ, सिल्क प्लास्टर । सिल्क प्लास्टर प्रयोग गरेर तपाईँ आफैँ घर, कोठा तथा अफिसलाई झनै सुन्दर र आकर्षक बनाउन सक्नुहुन्छ ।

काठमाडौंको पानीपोखरी ३ मा रहेको मैनाली विजनेस कन्सर्न (एमबिसी) प्रालिले केही वर्षअघि युरोपबाट सिल्क प्लास्टर नेपाली बजारमा भित्र्याएको हो । झट्ट हेर्दा वाल पेपरजस्तो देखिने भएकाले यसलाई लिक्वेड वाल पेपर पनि भन्ने गरिन्छ । बजारमा वालपेपरको विकल्पमा सिल्क प्लास्टर बढी रुचाइएको एमबिसीका प्रवन्ध निर्देशक कोमल मैनालीले बताए ।

सामान्य कलरहरुभन्दा केही महँगो भएपनि यसका धेरै फाइदा छन् । यो ग्रिन (नेचुरल) प्रोडक्ट हो अर्थात् यसमा कुनै पनि किसिमको केमिकल प्रयोग भएको हुँदैन । यसलाई भित्तामा लगाउन एकदमै सजिलो छ । विभिन्न किसिमको सिमेन्टेड वाल, सिसा, काठ तथा प्लाइउडमा यसको प्रयोग गर्न सकिन्छ ।

केही हदसम्म साउन्ड प्रुफ र इकोलाई समेत सिल्क प्लास्टरले नियन्त्रण गर्ने मैनालीले बताए । कोठाको तापक्रम नियन्त्रण गर्ने, आगोले झट्ट नसमाउने पनि यसका विशेषता हुन् ।

हामीले भित्तामा प्रयोग गरेको कलर पुनः प्रयोग गर्न मिल्दैन तर सिल्क प्लास्टरलाई एक ठाउँबाट निकालेर अन्त पनि पुनः प्रयोग गर्न सकिन्छ । आर्ट फिल्डका व्यक्ति (आर्टिस्ट) हरुले सिल्क प्लास्टरमार्फत विभिन्न कलरसँग खेल्न सक्छन् । र यो निकै टिकाउ हुने मैनालीले बताए ।

घर बनाउँदै हुनुहुन्छ ? ठगिनुहोला
यदि तापाईँ घर बनाउँदै हुनुहुन्छ भने स्यानेटरी सामाग्री खरिद गर्दा ध्यान पुर्याउनुहोला, नत्र ठगिन सक्नुहुन्छ । “केही समय निकालेर तपाईँले यस्ता सामाग्रीको बारेमा बुझ्न आवश्यक छ । घर बनाउने व्यक्तिसँग विभिन्न लेयर्सहरु हुन्छ, इन्जिनियर, ठेकेदार, प्लम्बर, सिकर्मी आदि । उनीहरुले यो सामान राम्रो छ भनेर भन्दिने र घर बनाउनेले त्यही कुरा स्विकार्ने चलन रहेछ ।” मैनाली भन्छन्, “खासमा यसमा कमिसनको जालो रहेछ । जसले कमिसन धेरै दिन्छ, उसको सामान राम्रो भन्ने चलन छ, यसलाई हटाउन जरुरी छ ।”

बजारमा विभिन्न नाममा यस्ता सामाग्री आउने गर्छन् । हेर्दा उस्तै देखिन्छन् । तर ग्राहकले राम्रो सामाग्री कसरी चिन्ने त ? मैनाली भन्छन्, “बजारमा आज आउने भोलि हराउने सामाग्री गुणस्तरीय नहुन सक्छ । कतिले त रिजेक्सन क्वालिटीलाई पनि रिमेन्टेन गरेर ल्याएका हुन्छन् । ती सामान हेर्दा उस्तै पनि लाग्छ, तर गुणस्तरीय र टिकाउ हुँदैन ।” उनी भन्छन्, “ब्रान्डमा लामो समयदेखि काम गरेकाहरुले क्षणिक आम्दानी हेर्दैनन्, भविष्य हेर्छन् । गुणस्तरमा सम्झौता गर्दैनन् त्यसैले कमसल सामान बजारमा जान दिँदैनन् ।”

सर्लाही रञ्जितपुरमा जन्मिएका कोमल मैनालीले २०४४ सालमा मैनाली काष्ठ कार्यालय (फर्निचर) मार्फत व्यवसायमा प्रवेश गरेका हुन् । फर्निचर व्यवसायमा उनी सफल मानिन्छन् । उनले विगत ९ वर्षदेखि आफ्नो छुट्टै ब्रान्ड (एमबिसी) मार्फत स्यानेटरी व्यवसाय सुरु गरेका छन् । आफ्नै ट्रेडमार्क मार्फत स्यानेटरी सामाग्री आयात गरी उनले नेपालभर बिक्री वितरण गर्दै आएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...