रुपन्देहीमा खनाल–नेपाल पक्षीय समानान्तर कमिटी गठन

474

रुपन्देही । नेकपा (एमाले) का झलनाथ खनाल–माधव कुमार नेपाल समूहले समानान्तर कमिटी गठनलाई तीव्रता दिएका छन् । यसैक्रममा खनाल–नेपाल समूहले रुपन्देहीमा राजु गुरुङको नेतृत्वमा २ सय ५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको छ ।

उपाध्यक्ष युवराज ज्ञावली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा मंगलबार जिल्ला कमिटी घोषणा भएको हो ।

खनाल–नेपाल पक्षीय एमालेको जिल्ला उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराई छन् ।

यसअघि खनाल–नेपाल पक्षले लुम्बिनी प्रदेशका ४ जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको छ । अर्घाखाँची, नवलपरासी, बाँके र प्युठानमा समानान्तर कमिटी गठन गरिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...