यू–१९ पुरुष क्रिकेटलाई वाइ वाइको पाँच वर्ष प्रायोजन

512

काठमाडौं । नेपालको यू–१९ पुरुष क्रिकेट टिमलाई वाइ वाइले प्रायोजन गरेको छ ।

नेपाल क्रिकेट संघ क्यान र वाइवाइको उत्पादक चौधरी ग्रुपबीच सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पाँच वर्षका लागि सम्झौता भएको हो ।

सम्झौता पत्रमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा क्यानका अध्यक्ष चन्दले क्रिकेट क्षेत्रको विकास र खेलाडीको मनोबल बढाउन सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले क्रिकेट क्षेत्रलाई सही बाटोमा ल्याउन आफूहरु आतुर रहेको जिकिर गरे ।

त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले क्रिकेटसँग फेरि जोडिन पाउँदा आफू उत्साहित भएको बताए । सिनियर टिमका लागि अन्डर नाइन्टिन टिम भविष्य रहेकाले पनि आफूहरु सहयोगका लागि तयार रहेको उनले बताए ।

वाइ वाइले यसअघि नेपालको अन्डर सिक्सटिन टिमलाई प्रायोजन गरेको थियो । नेपाली क्रिकेट टिमलाई सन् २००५ देखि सहयोग गर्दै आएको वाइवाइले विभिन्न प्रतियोगिताहरुमा पनि प्रायोजन गर्दै आएको छ ।

यसैगरी यू–१९ का इभेन्टमा पनि वाइ वाइले सहयोग गर्ने छ । सम्झौता अनुसार प्रत्येक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने पनि जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...