सरकारको सम्पूर्ण ध्यान मुलुकको विकास र समृद्धिमा छ : मन्त्री नेम्वाङ

514

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्बाङले वर्तमान सरकारको सम्पूर्ण ध्यान मुलुकको विकास र समृद्धिमा रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाली निर्माण व्यवसायी महासंघको २२औँ साधारण सभामा उनले मुलुकको विकासको यात्रामा निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुने पनि बताए । मन्त्री नेम्वाङले बृहतिकरण विकासको अवधारणमा अघि बढ्ने उल्लेख गरे ।

उनले राज्यले पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकता दिएकाले नै पछिल्ला वर्षहरूमा यस क्षेत्रमा ठूलो विकास भइरहेको उल्लेख गरे । मन्त्री नेम्वाङले मुलुकको विकासका साझेदार निर्माण व्यवसायीहरुको समस्या समधान गर्न नीतिगत कानुनमा सुधार गर्न सरकार तयार रहेको धारणा राखे ।

कार्यक्रममा निर्माण व्यवसायीहरुले निर्माण व्यवसायीहरूसँग गरेका सम्झौता सरकारले पालना गर्नुपर्ने बताएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...