एपिएफले जित्यो ललितपुर मेयर्स महिला च्याम्पियनसीपको उपाधि

272

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) ले काठमाडौंमा जारी ‘ललितपुर मेयर्स महिला च्याम्पियनसीप–२०७७’ टी–२० क्रिकेटको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले दिएको १ सय ७ रनको लक्ष्य २ विकेटको क्षतिमा पूरा गर्दै ८ विकेटले विजयी भएको हो ।

एपिएफको जितमा ज्योति पाण्डेले ३६, सीता राना मगरले २७ तथा इन्दु बर्मा र ममता चौधरीले १९ र १५ रनको अविजित पारी खेलिन् । सुदूरपश्चिम प्रदेशले १२ रन अतिरिक्त दिएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितरे पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक ४४ रनको पारी खेलिन् । यस्तै, डोली भट्टले १४, कविता कुँवारले १३ तथा रेवती धामीले १० रन जोडिन् भने अन्य खेलडीले दोहोरो स्कोरमा रन बनाउन नसक्दा टोलीले सामान्य योगफल बनाउन सक्यो ।

एपिएफलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेकी सीता राना मगर प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भइन् । उनले ब्याटिङ र बलिङ दुवैमा उच्च प्रदर्शन गरेकी थिइन् । पाँच खेलामा १ सय २३ रन तथा ५ विकेट लिएकी थिइन् ।

प्रतियोगिताको विजेता एपिएफले ३ लाख प्राप्त गरेको छ भने उपविजेता सुदूरपश्चिम प्रदेशले १ लाख ५० हजार प्राप्त गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...