बालबालिका उच्च जोखिममाः एकैदिन १८ वर्षमुनिका ५१ बालबालिका संक्रमित

197

काठमाडौं । स्कुलमा पढ्ने बालबालिका कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा परेका छन् ।

कोरोनाको नयाँ भेरियन्ट बालबालिकामा देखिने क्रम बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसले विद्यलय क्षेत्रपनि कोरोनाका उच्च जोखिममा परेको छ ।

काठमाडौं, पोखरालगायतका ठूला सहरका विद्यालयमा संक्रमणको जोखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

यसअघि सरकारले ज्येष्ठ नागरिक र दीर्घरोघीलाई उच्च जोखिमयुक्त वर्गमा राखेको थियो । मन्त्रालयकाअनुसार बिहीबार एकैदिन १८ वर्षमुनिका ५१ जना बालबालिका संक्रमित भएका छन् । १८ वर्षमुनिका व्यक्तिमा संक्रमणदर उल्लेख्य वृद्धि हुँदै गएको छ ।

मन्त्रालयको पछिल्लो तथ्याङ्कले १८ वर्षमुकिा व्यक्तिमा संक्रमणदर बढेर १६ प्रतिशत पुगेको देखाएको छ । े १८ वर्षमुकिा व्यक्तिमा कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम बढेकाले शैक्षिक संस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...