कारबाहीले समाधान हुने भए दुनियाँमा समस्या अउने नै थिएन : भट्टराई

247

काठमाडौं । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले कारबाहीले समाधान हुने भए दुनियाँमा केही पनि समस्या नै नआउने टिप्पणी गरेका छन् ।

एमालेको माधव कुमार नेपाल समूहको शनिबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले आफूहरुले कारबाहीलाई ठूलोरुपमा नलिएको बताए ।

“कारबाहीलाई हामीले ठूलोरुपमा लिएका छैनौँ । उहाँ (एमाले अध्यक्ष केपी शर्मा ओली) को मनमौजी चलिरहेको छ, उतापट्टी (ओली)को गुटमा सबै अधिकार नै अध्यक्षलाई दिएको छ,” भट्टराईले भने, “त्यस आधारमा उहाँले कारबाही गर्नुभएको छ । यस्ता कारबाही, जेलनेल, निष्काशन लगायतले समस्या समाधान हुने भएदेखि त दुनियाँमा अरु समस्या नै आउने थिएन । त्यसैले यस्ता कुराले हामीलाई छुँदैन ।”

उनले आफूहरु अब आफ्नै हिसाबले चल्ने बताए । यद्यपी, पार्टी एकताका लागि आफूहरु सधैँ तयार रहेको उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...