काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिसहरुले विषक्त राजनीति गरिरहेको, समाजलाई नै विषाक्त र भाँड्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
बालुवाटारमा १ सय ६५ वटा रणनीतिक सडकको शुभारम्भ कार्यक्रमा उनले यस्तो बताएका हुन् ।
“अहिले यो सरकारले नेवार संस्कृति र सभ्यता खत्तम पार्न खोज्यो, यहाँ फासीवाद आइसक्यो, अधिनायकवाद ल्यायो भन्दै समाजलाई भाँड्ने प्रयास केही मान्छेले गरेका छन्,” उनले भने, “तिनीहरुले सिन्को भाँचेको देखेका छैनन् ।”
उनले त्यस्ता केहीको मनोदशा र मनोवृत्ति देखेर आश्चर्य लागेको समेत बताए । “म त्यो कथा दोहोर्याउन चाहन्न । एउटा जनावर स्वर्ग गएछ । ८४ व्यञ्जन दिएको नखाइकन पल्लो छेऊ पुग्यो । त्योभन्दा बढी भन्न चाहन्न । भेटेन खानेकुरा,” उनले भने, “अब केहीको मनोदशा र मनोवृत्ति देखेर आश्चर्य लाग्छ ।”