मुख्यमन्त्री पौडेलले बोलाए प्रदेशसभा संसदीय दलको बैठक

400

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशसभा संसदीय दलको बैठक बोलाएको छ ।

संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पौडेलले चैत्र १८ गतेलाई प्रदेशसभा संसदीय दलको बैठक बोलाएको हो ।

करिब चार महिना अघिदेखि आफ्नै पार्टीका सांसदहरुका अविश्वास प्रस्ताव प्रदेशसभामा विचाराधीन रहेका बेला पौडेलले दलको बैठक बोलाएका हुन् ।

सो बैठकले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन अष्टलक्ष्मी शाक्य समूहलाई औपचारिकरुपमा निर्देशन दिने बताइएको छ । तत्काली नेकपा प्रचण्ड-नेपाल समूहका सांसदहरुले शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास लगेका थिए ।

सो प्रस्तावमाथि छलफल हुन सकेको छैन । अब नेकपा एमाले पुनःस्थापित भइसकेको अवस्थामा अविश्वास फिर्ता लिनेबारे नेपाल पक्षले गरिरहेको छ ।

संसदीय दलको बैठकमा नेपाल पक्षको सहभागिता निश्चित भइसकेको छैन । बागमती प्रदेशको १ सय १० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको एकल बहुमत छ ।

Share This:
सम्बन्धित खबर
Loading...