बंगलादेशमाथि न्युजिल्यान्डको सहज जित

393

ह्यामिल्टन । बंगलादेशविरुद्धको पहिलो टी-२० क्रिकेटमा न्युजिल्यान्ड ६६ रनले विजयी भएको छ । जितसँगै ३ खेलेको सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ ।

२ सय ११ रनको विशाल लक्ष्य पाएको बंगलादेशले १ सय ४४ रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको बंगलादेशा लागि अफिफ हुसैनले ४५, मोहम्मद सइफुद्दिनले ३४ तथा मोहम्मद नैमले २७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेन ।

बंगलादेशलाई कम स्कोरमा रोक्ने क्रममा न्युजिल्यान्डका इश सोधीले ४, लक्की फर्गुसनले २ तथा टिम साउथी र हमिश बेन्नटले समान एक-एक विकेट लिए ।

सेडोन पार्क, ह्यामिल्टनमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टोली न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो ।

पहिलो ओभरमा फिन अलेनलाई शून्य रनमा गुमाएको न्युजिल्यान्डका लागि डेवोन कोनवेले अविजित ९२ रनको योगदान दिए । ५२ बल खेलेका कोनवेले ३ छक्का र ११ चौकाको मद्धतमा ९२ रन बनाए ।

यस्तै, विल योङले ५३, मार्टिन गुप्तिलले ३५ तथा ग्लेन फिलिप्सले नटआउट २४ रन जोडे ।

जितसँगै घरेलु टोली न्युजिल्यान्डले ३ खेलको टी-२० सिरिजमा १-० को अग्रता लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...