भारतीय लोकसभाका सभामुखलाई कोभिड–१९ पुष्टि भएपछि राजदूत आचार्य क्वारेन्टिनमा

253

काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई भेटेको भोलिपल्ट भारतको लोकसभाका सभामुख ओम बिरलालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ ।

भारतको राजधानी नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)ले एक विज्ञप्ति जारी गर्दै सभामुख बिरलालाई कोभिड–१९ पुष्टि भएको जनाएको हो ।

शुक्रबार गरिएको परीक्षणमा सभामुख बिरलालाई संक्रमण पुष्टि भएको हो । त्यसको एकदिनपछि उनलाई एम्सको कोभिड वार्डमा भर्ना गरिएको थियो । सभामुख बिरलाको स्वास्थ्य अवस्था सामान्य रहेको एम्सले जनाएको छ ।

राजदूत आर्चायले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमणको कुनै लक्षण नदेखिएको बताएका छन् । सभामुख बिरलालाई संक्रमण पुष्टि हुनसाथ आफू क्वारेन्टिनमा बसेको राजदूत आचार्यले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...