झलनाथ खनालको स्वास्थ्यबारे अफवाह फैलाइएको भन्दै आपत्ति

498

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था जटिल र संवेदनशील नरहेको उनको सचिवालयले जानकारी दिएको छ ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गर्दै खनालको स्वास्थ्य स्थितिबारे अफवाह फैलाउने किसिमले समाचार आएको भन्दै आपत्ति जनाइएको छ ।

पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य समस्या देखा परेको भन्दै विज्ञप्तिमा हाल स्वास्थ्य अवस्था सामान्य रहेको स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी कमिटीका सम्पूर्ण कार्यक्रमहरुमा सक्रियताका साथ लागिरहनु भएको हुँदा बाहिर आएको गलत सुचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तकहरुमा सबैमा हार्दिक आग्रह गर्दछु।’

विज्ञप्तिको पूर्णपाठ:
केही अनलाइन तथा छापाहरूमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या भनि शीर्षक राखी समाचार समप्रेषण गरिएप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य मात्र समस्या देखा परेको अवस्था हो। बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन । कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुराहरुमा सुचना सम्प्रेषण गर्नु भन्दाअगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ। यस्ता खालका भ्रामक अफवाहमा आधारित समाचारहरु सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ । तसर्थ उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रमहरुमा सक्रियताका साथ लागिरहनु भएको हुँदा बाहिर आएको गलत सुचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तकहरुमा सबैमा हार्दिक आग्रह गर्दछु।

कृष्ण भट्टराई
स्वकिय सचिव
पुर्वप्रधानमन्त्री झलनाथ खनालज्यूको सचिवालय।
०८ चैत ०७७

Share This:
सम्बन्धित खबर
Loading...