खुवालुङको संरक्षण गरी पर्यटनको विकास गरौँ : भट्टराई

775

काठमाडौं । नेकपा एमाले नेता तथा पूर्व पर्यटनमन्त्री योगेश कुमार भट्टराईले सप्तकोसीमा रहेको खुवालुङ ढुंगाको संरक्षण गर्नुपर्ने बताएका छन् ।

भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “सप्तकोसी नदीमा रहेको खुवालुङ ढुंगा किराँत समुदायको इतिहास र संस्कृतिसँग अभिन्न रुपमा गासिएको छ ।” उनले भने, “यसलाई थप संरक्षण गरी आन्तरिक पर्यटनको विकास गरौँ, नहटाऊ, इतिहास र संस्कृतिप्रति सम्मान गरौँ ।”

फागुन ८ गते विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसीमा सहजरुपमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ (ढुंगा) क्रेनको प्रयोग गरेर फुटाउने उद्घोष गरेपछि यो चर्चा र विवादको विषय बन्न पुगेको हो ।

यसअघि २४ फागुनमा आदिवासी जनजाति लेखक संघ, किरात राई विद्यार्थी संघ, बृहत् नागरिक आन्दोलन तथा सम्पदा संरक्षणकर्मी खुवालुङ ढुङ्गा रहेको स्थानमा पुगेर विरोध कार्यक्रम पनि आयोजना गरिसकेका छन् ।

किराँत सभ्यता र मुन्धुमका मिथ जोडिएको उक्त ढुंगा उदयपुर, धनकुटा र भोजपुरको सीमानामा पर्छ । वराह क्षेत्रनजिकै रहेको खुवालुङ क्षेत्रमा किराँतहरूले पूजा तथा अनुष्ठान गर्दै आएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...