मुग्लिन–नारायणगढ सडक आजदेखि २४सैँ घन्टा खुला

258

मुग्लिन । पहिरो रोकथाम कार्यको लागि भन्दै एक हप्तादेखि दैनिक साढे ४ घन्टा बन्द गर्ने गरिएको मुग्लिन–नारायणगढ सडक २४सैँ घन्टा खुल्ला हुने भएको छ।

उक्त सडक खण्ड आज दिउँसो ३ बजेदेखि २४सैँ घन्टा खुला भएको हो।
सामाजिक सञ्जाल फेसबुकमा सूचना जारी गर्दै मुग्लिन–नारायणगढ सडक २४सैँ घन्टा खुल्ला हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो।

उक्त सडकखण्ड पर्ने चारकिलो डाँडामा पहिरो रोकथामका कार्यहरु गर्नका लागि भन्दै मुग्लिन–नारायणगढ सडक आयोजनाले फागुन २३ गतेदेखि बिहान १०ः३०– ३ः०० बजेसम्म सवारी आवागमन दुईतर्फी बन्द गर्ने गरेको थियो।

पहिरो रोकथामको काम सकिएसँगै आज ३ बजेपछि राजमार्ग २४सैं घन्टा खुला गर्न लागेको हो । राजमार्ग खुला भएसँगै ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षितरुपमा यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

Share This:
सम्बन्धित खबर
Loading...