काठमाडौंलाई हराउँदै एपिएफ फाइनलमा

238

काठमाडौं । ‘काठमाडौं मेयर्स कप’ अन्तर्गत आजको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ ।

काठमाडौं मेयर्स–११ ले दिएको १ सय ७८ रनको लक्ष्य एपिएफले ४४.१ ओभरमा भेट्टाउँदै ७ विकेटको जित हात पारेको हो ।

एपिएफको जितमा कप्तान शरद भेषवाकर र सन्दीप जोराले अर्धशतकीय पारी खेले । पहिलो ओभरमै ओपनर आसिफ शेखलाई शून्य रनमा गुमाएको एपिएफका लागि शंकर राणा र भेषवाकरले दोस्रो विकेटका लागि ४३ रनको साझेदारी गरे ।

राणा ३१ रनमा आउट भए । सन्दीप जोराले ६२ र भेषवाकरले ६१ रनको नटआउट पारी खेले ।

यसअघि मुलपानी क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले ७ बल बाँकी रहँदा सबै विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो ।

काठमाडौंका सन्दीप रजालीले ४८, हरिशंकर साहले ३६ तथा विक्रम भुसालले २० रनको पारी खेले ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा एपिएफका कलम ऐरी र अविनाश बोहराले समान ३–३ विकेट लिए ।

काठमाडाैंमाथिकाे जितसँगै एपिएफकाे फाइनल प्रवेश गरेकाे छ । चार खेलबाट ६ अंक जाेडेकाे एपिएफ दाेस्राे स्थानमा रहँदे फाइनलमा पुगेकाे हाे । एपिएफले उपाधिका लागि नेपाल आर्मी क्लबसँग भिड्ने भएकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...