उदयपुरबाट लागुऔषधसहित एक जना पक्राउ

301

उदयपुर । उदयपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

उदयपुर त्रियुगा नगरपालिका ३ मोतिगढा चोकस्थित अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको विशेष प्रहरी टोलीले बुधबार ३७ वर्षीय सहिद मियाँलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मियाँको साथबाट नाइट्राजिपाम १५१ थान, स्पास्मो प्रोक्जिभोन ८० थान, डाइलेक्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल, डाइजेपाम १७ एम्पुल र फेनरगन १२ एम्पुल बरामद गरेको छ ।

साथै, उनको साथबाट नगद रु १५ हजार चार सय र मोबाइल १ थान नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका मियालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...