खाँदबारी नगरपालिकाद्धारा कैदीबन्दीलाई टेलिभिजन र खेल सामग्री हस्तान्तरण

191

खाँदबारी । खाँदबारी नगरपालिकाले जिल्ला कारागार खाँदबारीमा रहेका कैदीबन्दीलाई एलइडी टेलिभिजनसहित खेल सामग्री हस्तान्तरण गरेको छ ।

कारागारभित्र रहेका पुरुष तथा महिला कैदीबन्दीलाई ४३ इन्चको दुई थान टेलिभिजन र खेल सामग्री प्रदान गरिएको हो । खाँदबारी नगरपालिकाले एक लाख बराबरको ४३ इन्चको दुई वटा टेलिभिजन र ३० हजार रकम बराबरको खेल सामग्री उपलब्ध गराएको हो ।

कारागारमा रहेकाहरुलाई मानसिकरुपमा सहज वातावरण बन्न सकोस र जानकारी मूलक सन्देश हेर्नका लागि सहज होस त्यसैगरी खेलमा सरिक हुन सकोस भन्ने उद्धेश्यका खेल सामग्रीहरु १ थान क्यारामबोर्ड, २ थान भलिबल र नेट प्रदान गरिएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले बताए ।

कारागारलाई कैदीबन्दी बस्ने जेलको रुपमा नभई सुधारगृहको रुपमा व्यवस्थित गर्ने लक्ष्यका साथ सामग्री हस्तान्तरण गरिएको उनको भनाइ छ । जिल्ला कारागारमा २५ जनाको क्षमता भए पनि अहिले १ सय ३५ जना कैदीबन्दी रहेकोले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा केहि समस्या भइरहेको बेला समस्यालाई मध्यनजर गरेर सामग्री उपलब्ध गराएको कारागार प्रमुख विनोद अधिकारीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...