दुई केजी अफिमसहित भारतीय महिला पक्राउ

301

झापा । झापा मेचीनगर नगरपालिका ६ स्थित न्यून बिशाल होटलबाट आज बिहान ११ बजे लागुऔषध अफिमसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० वर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ वर्षीया गायत्री देवी क्षेत्री रहेका छन् ।

प्रतिबन्धित लागुऔषध अफिमको कारोबार भइरहेको गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर काठामाडौं र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर १०५ बाट पक्राउ गरेको हो ।

उनीहरुले प्लाष्टिकको जेब्रा झोला भित्र दुई वटा पोका बनाइ लुकाइछिपाई राखेको अवस्थामा २ किलो अफिम फेला पारेको इलाका प्रहरी कार्यालय काकरभिट्टा झापाले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...