प्रधानमन्त्री कप भलिबलको उपाधि एपिएफलाई

155

नेपालगञ्ज । सातौँ संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ ।

मंगलबार नेपालगञ्जस्थित कबर्डहलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पुलिसलाई २५–२२, २५–२३ र २५–१९ को सेटमा पुलिसलाई पाखा लगायो ।

अपराजित रहँदै प्रतियोगिताको उपाधि जितेको एपिएफले रु ५ लाख प्राप्त गर्यो भने उपविजेता पुलिसले २ लाख प्राप्त गरेको छ । तेस्रो भएको न्यु डाइमन्डले एक लाख र नेपाली आर्मी क्लबले रु ५० हजार प्राप्त गरेका छन् ।

बाँके जिल्ला भलिबल संघको आयोजनमा भएको प्रतियोगितामा तीन विभागीय टोली एपिएफ, आर्मी र पुलिससहित न्यु डाइमन्ड स्पोर्ट्स क्लब र लुम्बिनी युनाइटेड गरी पाँच टोली सहभागी भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...