मेयर्स कप-२०७७ : काठमाडौंमाथि आर्मी क्लबको सानदार जित

128

काठमाडौं । ‘काठमाडौं मेयर कप-२०७७’ अन्तर्गत त्रिभुवन आर्मी क्लब विजयी भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि ग्राउण्डमा भएको खेलमा आर्मीले काठमाडौं मेयर्स–११ लाई ५ विकेटले पराजित गरेको हो ।

काठमाडौंले दिएको १ सय ५७ रनको लक्ष्य २३.५ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । आर्मीको जितमा सोमपाल कामी नायक बने । कामीले ५१ बलमा ६ छक्का र ९ चौकाको मद्धतमा ८० रन बनाए ।

यस्तै, कुशल मल्ले २३, भीम सार्कीले १६ रन बनाउँदा विनोद भण्डारी र राजेश पुलामीले नटआउट २० र ८ रनको योगदान दिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ४२.१ ओभरमा सबै अलआउट हुँदै १ सय ५५ रन बनाएको थियो ।

काठमाडौं मेयर्स–११ को सौरभ खनालले ४२, सन्दीप रजालीले ३७, खडक बोहराले १९, हरिशंकर शाहले १८ तथा सन्दीप लामिछानेले १३ रन बनाए ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा आर्मीका साहब आलमले ४, जितेन्द्र मुखियाले ३ विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...