श्रीलंकाविरुद्धको टी–२० सिरिज वेष्ट इन्डिजद्वारा कब्जा

260

एन्टिगुआ । श्रीलंकाविरुद्धको तेस्रो टी–२० मा वेष्ट इन्डिज ३ विकेटले विजयी भएको छ । जितसँगै तीनको खेलको टी–२० सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ ।

आइतबार सम्पन्न खेलमा श्रीलंकाले दिएको १ सय ३२ रनको सामान्य लक्ष्य वेष्ट इन्डिजले १९औँ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्दै तीन विकेटको जित हासिल गरेको हो ।

वेष्ट इन्डिजको जितमा लेन्डल सिमोन्सले सर्वाधिक २६ रनको योगदान दिए । यस्तै, निकोलस पुरनले २३, इविन लुइसले २१ तथा ज्यासन होल्डरले १४ रनको पारी खेले ।

यसअघि, एन्टिगुआमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो ।

सुरुवाती तीन विकेट सस्तैमा गुमाएको श्रीलंकाका लागि दिनेश चन्डिमल र अशिन बन्दराले अविजित ५४ र ४४ रनको पारी खेलेपछि सम्मानजनक योगफल बनाएको थियो ।

यस्तै, एन्जिलो म्याथुजले ११ रन जोडे ।

जितसँगै वेष्ट इन्डिजले तीन खेलको टी–२० सिरिज २-१ ले आफ्नो पक्षमा पारेको छ । यसअघि भएको पहिलो खेलमा वेष्ट इन्डिज ४ विकेट तथा दोस्रो खेलमा श्रीलंका ४३ रनले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...